विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृतको व्यवस्था हुनुपर्छ: काँग्रेस सांसद भण्डारी

Posted on: २४ असार २०७६, मंगलवार

२४ असार , प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले विज्ञापन बोर्ड गठन गर्दा प्रमुख कार्यकारी अधिकृत अनिवार्य रहने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भएको हो । सांसद राजभण्डारीले विज्ञापन बोर्डमा राजनीतिक चलखेल हुन नदिन पनि त्यसमा प्रशासकीय प्रमुखको रुपमा प्रमुख कार्यकारी अधिकृत हुनैपर्ने तर्क पनि गर्नु भयो ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद एकवाल मियाँले ‘क्लिन फिड’ लागू गर्ने सो विधेयकमा राखिएको प्रावधानप्रति आपत्ति जनाउनु भयो । उहाँले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव प्रदेश सरकारलाई कमजोर बनाउने गरी आएको दावी गर्दै मान्य नहुने अडान पनि राख्नु भयो ।

Comments

comments