विद्यालय समायोजनका लागि अभियान संचालन

Posted on: ३१ बैशाख २०७६, मंगलवार

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले विद्यालय समायोजनका लागि अभियान संचालन गरेको छ ।
जिल्लाका ग्रामिण क्षेत्रबाट वसाईसराई गर्ने क्रम बढेपश्चात विद्यार्थीको अभाव हुँदा विद्यालय समायोजन अभियान संचालन गरेको गाउँपालिकाले जनाएको छ । अभियानकै क्रममा गाउँपालिकाको वडा नम्वर २ स्थित मर्निङवेल इङ्गलिस बोर्डिङ स्कुललाई लाटागन्याप प्राथमिक विद्यालय मालिगाउँमा समायोजना गरिएको छ । विद्यार्थीको अभावका साथै भौतिक पुर्वाधार नहुँदा पढाईको स्तर खस्कदै जान थालेपछि विद्यालयलाई समायोजन गर्ने अभियान संचालन गरेको गाउँपालिका अध्यक्ष नवलवहादुर मल्लले वताउनुभयो ।
गाउँपालिकाका अन्य विद्यालयहरुमा पनि शिक्षक अभावका साथै विद्यार्थीको संख्या पनि कम हुँदै गईरहेकाले सामायोजन गरी गुणस्तरीय शिक्षा दिने योजना वनाइएको सामाजिक विकास समितिका संयोजक चक्र देउवाले वताउनुभयो ।
डडेल्धुराका ग्रामिण क्षेत्रवाट मानिसको वसराईसराई संगै स्थानिय विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै जाँदा अधिकांस सामुदायिक विद्यालय संचालनका लागि समस्या हुन थालेपछि स्थानिय तहहरुले आवश्यकता अनुसार विद्यालयलाई समायोजन गर्न थालेका छन् ।

Comments

comments