विपद् जोखिम न्युनीकरणका लागि सरकारको तयारी पुगेन: प्रदीप पौडेल

Posted on: २९ असार २०७६, आईतवार

असार २९ ,  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद् जोखिम न्यूनीकरणका लागि सरकारको तयारी नपुगेको बताउनु भएको छ ।
रिपोर्टस क्लबको साक्षात्कारमा पौडेलले विपद् न्यूनीकरणको पुर्व तयारी गर्न नसक्दा तराईका जिल्ला बासीहरु प्रत्येक बर्ष बाढीको चपेटामा पर्ने गरेको बताउनु भएको हो ।
राष्ट्रिय जनता पार्टीका सांसद अनिल कुमार झाले केन्द्रीय सरकारको वेवास्ताले तराईका जिल्लाका स्थानीय बर्षेनी बाढी र डुबानको चपेटामा पर्ने गरेको आरोप लगाउनुभयो ।
अबिरल बर्षा संगै नदी, स्थानीय खोला लगायतमा आएको बाढीका कारण पुर्वी तराईका जिल्ला डुबानको चपेटामा परेका छन् ।

Comments

comments