विशाल शोनीको उत्कृष्ट संगीतमा “घरवाली“ सार्वजनिक

Posted on: ९ मंसिर २०७६, सोमबार

काठमाडौँ, मंसिर ९, लोक दोहोरीमा नया जोस र जाँगर बोकेका युवा सर्जक गायक विशाल शोनीको उत्कृष्ट संगीत रहेको निकै नै मिठो गीत “घरवाली“ बजारमा सार्वजनिक भएको छ ।
उक्त गीतमा शब्द,स्वर प्रेम रावल र म्युजिक संयोजन याम थापा मगरको रहेको छ । साथै गीतमा उत्कृष्ट सँगीत भर्नुभएको छ विशाल सोनीले । सुदुरपश्चिमका चर्चित गायक तथा मोडल चक्र बम र करिश्मा ढकालको अभिनय रहेको उक्त भिडियो निर्माण बि.स्टार फिल्मसले गरेको हो। चर्चित निर्देशक बिक्रम चौहानको कोरियोग्राफ र निर्देशन रहेको उक्त भिडियो प्रकाश् खड्काले छायांकन गरेका हुन भने लक्ष्मण चौहानले भिडियो सम्पादन गरेका छ्न ।
गीत विशाल शोनी अफिसिय युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

भिडियो 

 

Comments

comments