व्यक्तिगत घटना दर्ता साप्ताहः  व्यक्तिगत घटना दर्ता सम्वन्धी अन्तरक्रिया

Posted on: २ बैशाख २०७६, सोमबार

व्यक्तिगत घटना दर्ता साप्ताहको अवसरमा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजना तथा व्यतिmगत घटना दर्ता सप्ताह २ हजार ७६ को उपलक्ष्यमा राजधानीमा एकदिने वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम पश्चात टिभि टुडे टेलीभिजन संग कुराकानी गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले घटना दर्ता सप्ताहलाई देशव्यापी अभियानको रुपमा लागु गर्नका लागी कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

कार्यक्रममा उपस्थित व्यत्तित्वहरुले आआफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनीधि, वुद्धजिवी, सरोकारवाला निकायका प्रतिनिधी तथा आम सर्वसाधारणको उपस्थिीति रहेको थियो

Comments

comments