शान्तिपुर्ण प्रर्दशनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसको गम्भीर आपत्ती

Posted on: २४ माघ २०७५, बिहीबार

शान्तिपुर्ण प्रर्दशनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ती जनाएको छ । सरकारका जनविरोधी कदम विरुद्ध पोखरामा भएको शान्तिपुर्ण विरोध प्रर्दशनका क्रममा नेपाल विद्यार्थी संघका परशुराम बस्नेत , डिफान भुजेल र विनय पौडेललाई नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाईएकोमा कांग्रेसले गम्भीर आपत्ती जनाएको हो । बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रहरी नियन्त्रण रहेका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न पनि माग गरेको छ । त्यसैगरी गत सोमबार धनुषाको सबैया नगरपालिका वडानम्बर १० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीमाथि कम्युनिष्ट पार्टीका कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै बैठकले आक्रमणमा संलग्न दोषिमाथि कडा कारवाहीको माग गरेको छ । कांग्रेसले प्रर्दशन सकिएपछि भएको आक्रमणलाई गम्भीर रुपले लिएको जनाएको छ । घाईते कापडीको अहिले विराटनगरमा उपचार भईरहेको छ । कांग्रेस केन्द्रीय समितिको अर्काे बैठक आज विहान ११ बजे पुनः बस्ने छ ।

Comments

comments