शिक्षा नीतिमै समस्या छ : मुख्यमन्त्री भट्ट

Posted on: २८ माघ २०७५, सोमबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिक्षा नीतिमै समस्या रहेको बताउनुभएको छ । कैलालीको टीकापुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री भट्टले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रयासरत रहेको बताउनुभयो । गरीब जनताका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको गुणस्तर बढाउन प्रदेश सरकार प्रयासरत रहेको मुख्यमन्त्री भट्टको भनाइ छ । प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालय प्रदेश सरकारको पहिलो प्राथकितामा रहेको मुख्यमन्त्री भट्टको भनाइ छ ।

Comments

comments

Related Other News