शैलुङ सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

Posted on: ३ बैशाख २०७६, मंगलवार

शैलुङ सांस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सवको तयारी ८० प्रतिशत सकिएको दोरम्बा गाउँपालिका, रामेछापले जनाएको छ । मंगलवार राजधानीमा सरोकारवालाहरुसँग गरिएको अन्र्तक्रिया पश्चात टि.भी टूडे टेलिभिजनसँग कुरा गर्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङले महोत्सवको तयारी तिव्र गतिमा भइरहेको बताउनुभएको छ ।

शैलुङ क्षेत्रको बिशेषता र आधार, सयौँ थुम्का, धार्मिक तथा जैवीक विविधताको सत्कार भन्ने नाराका साथ बैशाख १३ गतेबाट आयोजना हुने महोत्सवको मुख्य उद्धेश्य शैलुङको प्रवद्र्धन रहेको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो । शैलुङमा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको परिचय गराएर त्यहाँको विकास गर्न दोलखाको शैलुङ र मेलुङ तथा रामेछापको दोरम्बा गाउँपालिकाले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागेका हुन् ।

महोत्सवको तयारी स्वरुप स्टल निर्माण र व्यवस्थापकिय कामहरु जारी रहेको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने भएको छ ।

Comments

comments