संवैधानिक व्यवस्थालाई लोक सेवा आयोगले पूर्ण कार्यान्वयन गरेको छ:अध्यक्ष मैनाली

Posted on: १ असार २०७६, आईतवार

लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताउनु भएको छ ।
अध्यक्ष मैनालीले प्रदेश लोक सेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पार्नु भयो । आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रदेश लोक सेवा आयोग गठन छिटोहोस् भनेर आयोगले अभ्यास गरिरहेको सिद्धान्त, आधार र मापदण्डसम्बन्धि जानकारी संसदीय समितिमा पनि पेश गरिएको जानकारी पनि दिनु भयो । अध्यक्ष मैनालीले आयोगले आफ्नो कामलाई नागरिकको नजरबाट मूल्यांकन गर्दै अघि बढाएको दावी पनि गर्नु भयो ।

अध्यक्ष मैनालीले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको पनि बताउनु भयो ।

Comments

comments