सबैभन्दा कम बजेट खर्च गर्नेमा प्रदेश नम्बर ५ को कृषि तथा सहकारी मन्त्रालय

Posted on: १० मंसिर २०७६, मंगलवार

मंसिर १०, प्रदेश नम्बर पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पहिलो चौमासिकमा सबैभन्दा कम बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालयको प्रथम चौमासिक प्रतिवेदनका अनुसार कुल विनियोजित बजेट मध्ये कृषि मन्त्रालयले चार प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । कृषि मन्त्रालयका लागि ४ अर्ब ७ करोड ६५ लाख ८९ हजार रुपैयाँ बजेट छुट्टाइएको भए पनि १४ करोड ४२ लाख १० हजार मात्रै खर्च भएको देखिएको हो । प्रतिवेदनका अनुसार समग्रमा प्रदेश नम्बर पाँचको सरकारले ७ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सभा सचिवालयले भने विनियोजित बजेटको १४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले विभिन्न मन्त्रालय र संवैधानिक निकायलाई चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ३३ अर्ब १७ करोड ७८ लाख ८१ हजार रुपैयाँमध्ये २ अर्ब ३३ करोड ८४ लाख ११ रुपैयाँ बजेट खर्च भएको छ ।

Comments

comments

Related Other News