सम्पदा मास्ने काम कांग्रेसलाई स्वीकार्य हुदैन:सांसद परियार

Posted on: १ असार २०७६, आईतवार

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले नेपाल र नेपालीको संस्कृति र सभ्यतामाथि प्रहार गर्ने काम गरेको भन्दै विरोध गर्नुभएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै सांसद परियारले सरकारले किसानको नाममा धर्म , संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले गुठी विधेयकका सवालमा आफ्नो शक्ति देखाउने प्रयत्न गरे सरकार स्वयमलाई त्यसले नोक्सानी पुर्याउने चेतावनी दिनुभयो ।
उहाँले गुठी व्यवस्था आफैमा सम्पदा भएको भन्दै सम्पदा मास्ने काम कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभयो ।

Comments

comments