सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न पत्रकार महासंघलाई बास्कोटाको आग्रह

Posted on: १८ भाद्र २०७६, बुधबार

काठमाडौँ, भदौ १८ , संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गर्नु भएको छ ।
बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री बास्कोटाले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराउनु भयो ।
मन्त्री बास्कोटाले कार्य क्षेत्रमै दूर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुने गरी कानुन बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको पनि बताउनु भयो ।

Comments

comments