सरकारद्धारा राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई ३ लाख नगदसहित सम्मान

Posted on: १० मंसिर २०७६, मंगलवार

काठमाडौँ, मंसिर १०, सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ ।
बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गर्नु भएको थियो भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सो टोलीले १३ आंै दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जिते लगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

Comments

comments