सरकारले वाईडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई तत्काल कार्वाही नगर्ने

Posted on: २७ पुष २०७५, शुक्रबार

सरकारले वाईडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई तत्काल कार्वाही नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले वाईडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका मन्त्री तथा कर्मचारीहरुलाई तत्काल कार्वाही नगर्ने बताउनु भएको हो । उहाँले सरकारले गठन गरेको छानवीन आयोगको प्रतिवेदन आएपछि मात्रै प्रकरणमा दोषी देखिएकाहरुमाथि कार्वाही हुने पनि स्पष्ट पार्नु भयो । बिहीबार मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको निर्णयको हेक्का राखेरै सरकारले प्रकरणका सम्बन्धमा छानवीन गर्न आयोग नै गठन गरेको पनि स्पष्ट पार्नु भयो ।

Comments

comments