सरकारले श्रम अधिकारको सुनिश्चितता प्रदान गर्छः मन्त्री विष्ट

Posted on: २९ बैशाख २०७५, शनिबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकले अनुभुत गर्ने गरि सरकारले श्रम अधिकारको सुनिश्चितता प्रदान गर्ने बताउनुभएको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा राजधानीमा सनिबार आयोजित कार्यक्रममा मन्त्री विष्टले श्रम सम्बन्ध स्थापित गर्दै श्रमिकका हक अधिकारको प्रत्याभुति गरिने बताउनुभएको हो ।
उहाँले श्रम सम्बन्धी नीति र कानूनहरुलाई समायानुकुल परिमार्जन गर्दै सरकार नया ढंगले श्रम र श्रमिकको अधिकार स्थापित गराउने बाटोमा हिडेका बताउनुभयो । मन्त्री विष्टले नर्सिङ पेसामा पनि श्रमको उचित मुल्यांकन नहुने गरेको कुरा सुन्दै आएको उल्लेख गर्दै त्यसको प्रभावकारी ढंगले व्यस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पहुँच नभएका श्रमिकको अधिकार स्थापित हुने गरी सरकारले नीति नियम बनाउने र त्यसको कार्यान्वयनमा प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा नर्सिङ पेशामा आवद्धहरुले यस पेशामा देखिएको विकृति हटाई श्रमको उचित मुल्यांकनको साथै मर्यादित पेशाको रुपमा स्थापित गराउने ढंगले नीति नियम बनाउन सरकारसंग माग गर्नुभयो । नर्सिङ क्षेत्रमा स्वयमसेवक र प्रशिक्षार्थी राख्न नपाउने सरकारी व्यवस्था भएपनि अस्पतालहरुले स्वयमसेवक र प्रशिक्षार्थीको नाममा श्रम शोषण गर्दे आएका छन् । नर्सहरुले नर्सिङ पेशामा रहेका यी दुवै विकृतिलाई कडा रुपमा हटाउदै श्रमको उपयुक्त मुल्य दिनुपर्ने बाध्यकारी प्रावधान ल्याउन सरकारसंग माग गरेका छन् ।

Comments

comments