सहर धुलोमुक्त बनाउन काठमाडौें महानगरले ल्यायो पाँच वटा ब्रुमर सञ्चालनमा

Posted on: १३ चैत्र २०७५, बुधबार

काठमाडौंको सडक धुलोमुक्त बनाउन मंगलबारदेखि काठमाडौं महानगरपालिकाकाले पाँच वटा बु्रमर संचालन गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंको सडक धुलोमुक्त बनाउन इटालीबाट खरिद गरिएको नयाँ प्रविधिको ५ वटा ब्रुमर संचालन कार्यको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले काठमाडौंको सडकलाई धुलोमुक्त बनाउन सबैलाई साथ र सहयोग गर्न पनि अपिल गर्नु भयो । मेयर शाक्यले काठमाडौंको सडक धुलो र हिलोमुक्त बनाउन सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र वडा कार्यालयहरुसँग सहकार्य गरेर अघि बढने निर्णय गरिएको पनि जानकारी दिनु भयो । १ सय ७ किलोवाट क्षमता रहेको सो बु्रमर ७ लाख ६२ हजार ४ सय ७० युरोमा इटालीबाट खरिद गरिएको हो । त्यसमा रहेको ४ वटा ब्रसले सडकको धुलोलाई सफा गर्नेछ । ती पाँच वटा ब्रुमर रातिको समयमा ८ घण्टा संचालन गरिनेछ ।

Comments

comments