साक्षर नगरपालिका घोषणा गर्ने तयारी

Posted on: २६ चैत्र २०७५, मंगलवार

चक्र मल्ल/डोटी चैत २६

डोटीको दिपायल सिलगढी नगरपालीकाले २०७६ साल बैशाख महिना भित्र नगरपालिका लाई साक्षर नगरपालिका घोषण गर्ने तयारी गरेको छ ।
मंगलबार बसेको नगरकार्यपालिको बैठकले अगामी बैशाख महिना भित्र साक्षर नगरपालिका घोषणा गर्ने तयारी गरेको हो ।
जिल्लाका अरु नगरपालिका को तुलनामा दिपायल सिलगढी नगरपालिकाले प्रथम साक्षर नगरपालिका घोषणा गर्ने भएकोले नगर क्षेत्र मा गएर डाटा संकलन गर्ने कार्य भईरहेको नगरपािलका ले जनाएको छ । आउदो वैशाख महिना को मसान्त सम्म डाटा संकलन लगायत विविध कुरा हरु लाई सक्काउने वताउदै दिपायल सिलगढी नगरपलिकाका नगर प्रमुख मन्जु मलासिले वताउनु भएको छ ।

नगरपालिका ले साक्षर नगरपालिका घोषणा गर्नको लागी नगरस्थर का वडा, टोलका विद्यालय तथा गाउँमा गएर डाटा संकलन गर्ने कार्यक्रम चलिरहेको नगर प्रमुख मलासिको भनाई छ ।

Comments

comments