सागको उद्घाटन समारोह सुरु

Posted on: १५ मंसिर २०७६, आईतवार

काठमाडौं, मंसिर १५, १३ औँ दक्षिण एसियाली खेलकूद साग मा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सम्वोधन गर्नु हुने भएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमतय भएको थियो। प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि प्रतियोगितालाई पोखरेलले सम्बोधन गर्नुहुने भएको हो ।

उद्घाटन समारोहमा युवा तथा खेलकूदमन्त्री जगतबहादूर विश्वकर्माले पनि सम्बोधन गर्ने कार्यक्रमतय भएको छ । त्यस अघि राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश शिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि सम्बोधन गर्नुहुने भउको छ ।

त्यस्तै सार्क देशका विभिन्न पधादिकारीहरुले पनि कार्यक्रमलाई सम्बोधन गर्ने उद्घाटन समारोहमा उल्लेख गरिएको छ।
समारोहलाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुृहुने छ

कार्यक्रममा सातै देशबाट मार्चपास समेत प्रस्तुती हुनेछ । नेपालले पनि करिब दुई घण्टा ५० मिनेट चल्ले उद्घाटन समारोहलाई राखेपले विभिन्न २४ सेग्मेन्टमा विभाजन गरेकोे छ।

Comments

comments

Related Other News