(साग) को छैटौं दिन १९ खेलमा प्रतिस्पर्धा हुँदै

Posted on: २० मंसिर २०७६, शुक्रबार

काठमाडौँ, मंसिर २०, १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन आज १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आज काठमाडौंमा एथ्लेटिक्स, बास्केटबल, क्रिकेट, गल्फ, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, लगायतका खेलहरु हुनेछन् । यसैगरी पोखरामा आर्चरी, ब्याडमिन्टन, क्रिकेटका खेल हुनेछन् ।

यस्तै जनकपुरमा आजबाट कुस्तीका खेलहरु सुरु हुनेछन् । १३ औं सागमा आजबाट चार नयाँ खेल सुरु हुन लागेका हुन् ।दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को इतिहासमा १३ औं संस्करणमा आइपुग्दा नेपालले सबैभन्दा धेरै ३२ स्वर्ण पदक जितेको छ । १३ औं संस्करणसम्म आइपुग्दा तेस्रो पटक सागको आयोजक राष्ट्र बनेको नेपालले ऐतिहासिक सफलता हात पारेको हो । सागमा हालसम्म नेपालले १ सय ३ स्वर्ण जितेको छ ।

Comments

comments