सातवटै प्रदेशको कूल बजेट २ खर्ब ५४ अर्ब रुपैयाँ बराबर

Posted on: १ असार २०७६, आईतवार

सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेका छन् ।
मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले दोस्रो पटक बजेट ल्याउन लागेका हुन् । सातवटै प्रदेशको कूल बजेटको आँकडा २ खर्ब ५४ अर्ब रुपैयाँ बराबर छ । प्रदेश १ सरकारले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदूरपश्चिम प्रदेशले २९ अर्बको बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशले कृषि, पर्यटन, पूर्वाधार निर्माण, खानेपानीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

Comments

comments