सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मुख्य प्राथमिकतामा पर्यटन प्रवद्र्धन

Posted on: २८ माघ २०७५, सोमबार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । सोमवार टि भी टूडेसँग कुरा गर्दै अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिका क्षेत्रमा थुप्रै पर्यटकिय गन्तव्यहरु रहेकाले गाउँपालिकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । कुटुमशान, शेर्माथान, आमायाङ्ग्री, मेलम्चीघ्याङ, पालाञ्चोक भगवती लगायतका पर्यटकिय गन्तव्य रहेको गाउँपालिकाले पर्यटन प्रवद्र्धन मार्फत गाउँपालिकालाई समृद्ध बनाउने योजना बनाएको अध्यक्ष शेर्पाको भनाइ छ । गाउँपालिकालाई पर्यटकिय केन्द्र बनाउन पहल गरिरहेको पनि अध्यक्ष शेर्पाले स्पष्ट पार्नुभयो । पर्यटकिय क्षेत्रहरुको संरक्षण र संवद्र्धनमा जोड दिएको जनप्रतिनिधिले बताएका छन् । पर्यटन प्रवद्र्धनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने योजना जनप्रतिनिधिको छ । गाउँपालिकामा बौद्ध धर्मवालम्बीहरुको बाहुल्यता रहेकाले धर्म र संस्कृतिको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने गाउँपालिकाको योजना छ ।

Comments

comments