सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुग्यो ।

Posted on: २७ पुष २०७५, शुक्रबार

सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ ।मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको अन्र्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन ।प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीहरूले सत्ता परिवर्तनको माग गरिरहेका छन् ।

Comments

comments