सुडानमा सैन्य शासन लागू ,राष्ट्रपति गिरफ्तार

Posted on: २९ चैत्र २०७५, शुक्रबार

तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा सुडानमा हजारौंले प्रदर्शन गरेका छन् । सेनाले शक्ति हातमा लिँदै राष्ट्रपति बसिरलाई पक्राउ गरेपछि हजारौं सुडानी प्रदर्शनमा उत्रिएका हुन् । राष्ट्रपति ओमरको विरोधमा महिनौंदेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको शासनभन्दा फरक नहुने भन्दै प्रदर्शन गरेका हुन् । हजारौं प्रदर्शनकारीले राजधानी खार्तुमसहितका ठाउँमा प्रदर्शन गरेका हुन् । नयाँ सैन्य काउन्सिलले लगाएको कफ्र्यु तोड्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रजातान्त्रिक शासनको ग्यारेन्टी नभएसम्म सडकमै बस्ने चेतावनी प्रदर्शनकारीहरुले गरेका छन् । सैन्य काउन्सिल पनि ओमरकै शासन सत्ताभित्रै रहेकाले त्यसको विरोध गरिएको प्रदर्शनकारीले बताएका छन् ।

Comments

comments