सुदुरपश्चिम प्रदेशलाई सम्मृद्ध बनाउन औद्योगिक क्षेत्रको विकासमा लाग्नु पर्नेमा राज्यमन्त्री रावलको जोड

Posted on: २८ माघ २०७५, सोमबार

सुदुरपश्चिम प्रदेशलाई सम्मृद्ध प्रदेश बनाउन औद्योगिक क्षेत्रको विकासमा सबै लाग्नु पर्नेमा उद्योग पर्यटन बन तथा बातावरण राज्यमन्त्री प्रकाश रावलले जोड दिनु भएको छ । सोमबार कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर ८ मा सञ्चालनमा आएको सगरमाथा जडिबुटी प्रशोधन उद्योगको उद्घाटन गदै राज्यमन्त्री रावलले प्रदेशमा रहेको जडिबुटीलाई सहि सदुपयोग गर्न सके प्रदेश सम्मृद्धको बाटोमा उन्मुख हुने बताउनु भएको हो । कार्यक्रममा प्रदेश सांसद रतन थापाले नयाँ कामको थालनी भएको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले जडिबुटी प्रशोधन उद्योगले किसानको जिविकोपार्जनमा समेत सहयोग पुर्याउने बताउनुभयो । खेर गैरहेको जडिबुटीहरुलाई सहि सदुपयोग गर्नका लागि उद्योगको स्थापना गरीएको सन्चालकको भनाइ छ ।

Comments

comments