download

Dont Miss The Chance To Get The Live TV In Your Mobile

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दिक्षान्त समारोह २०७४ भव्यताका साथ सम्पन्न

13 January, 2018

 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दिक्षान्त समारोह २०७४ भव्यताका साथ सम्पन्न भएको छ । उक्त दिक्षान्त समारोहमा भदौ मसान्त भित्र स्नातक तथा स्नातकोत्तर पुरा गरेका विद्यार्थीहरु दिक्षान्त समारोहमा दिक्षित भएका हुन । विश्वविद्यालयको तर्फबाट २ सय ८२ विद्यार्थी दिक्षित हुन योग्य रहेको र जसमा १ सय २० जना विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेको थियो । यस्तै नेत्र विशेषज्ञ डाक्टर राम प्रसाद पोखरेललाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले प्रजातन्तको पुनःस्थापनापछ शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा सरकारले लागु गरेको नीतिका करण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । त्यस्तै नेपालका उत्पादित जनशक्ति आज विश्वका धेरै मुलुकमा पुगरे उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताउनुभयो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना र यसको लागि सुदूरपश्चिमवासीहरुले गरेकोपहल आफैमा महत्वपूर्ण भएको र यस विश्वविद्यालयको जन्म भएको बताउनुभएको बताउनुभयो । 
त्यस्तै विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा तथा दक्षता देखाउन विद्यार्थीहरु सक्षम हुने विश्वविद्यालयका सहकुलपति तथा उप प्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले विश्वास लिनुभयो । तथा दिक्षान्त कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्राधाध्यापक भूषण श्रेष्ठले विश्वविद्यालयले आफ्नो स्थानपानाकाल देखिको छोटो समयमै शैक्षिक उन्नयको लागि विभिन्न प्राज्ञिक गतिविधि र भौतिक संरचना निर्माण कार्यहरु अगाडी बढाइरहेको र विश्वविद्यालयका बि.बि.एस. बाहेकका अन्य सम्पूर्ण कार्यक्रमहरु सेमेस्टर प्रणालीमा संञ्चालन भएको साथै सम्पूर्ण पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको रहेको बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर द्धिजराज भट्टले मानार्थ विद्यावारिधी उपाधि प्राप्त गर्नुहुने वरिष्ठ आँखा विशेषज्ञ डा. रामप्रसाद पोखरेलको परिचय उल्लेख गर्नुभएको थियो । २०६८ साल असार ३ गतेबाट आधिकारीक रुपमा स्थापना भएको यस विश्वविद्यालयले यस बर्ष पहिलो दिक्षान्त समारोहको आयोजना गरेको हो ।