सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

Posted on: २१ माघ २०७६, मंगलवार

माघ २१, काठमाडौँ । सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

Comments

comments