सेती नदीमा झोलुङ्गे पुल निर्माण हुदा स्थानिय वासीन्दा खुसी

Posted on: २२ असार २०७६, आईतवार

२२ असार ,  डोटीको शिखर नगरपालीकामा अवस्थित सेती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानिय वासीन्दा खुसी भएका छन् ।
नगरपालीकाको वडा नम्वर ८ र ११ लाई जोड्ने गरी सेती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि आवत जावतका लागि सहज भएको भन्दै स्थानिय वासीन्दा खुसी भएका छन् ।
पुल निर्माण संगै कृषि उत्पादनलाई वजार सम्म लैजानुका साथै दैनिक उपभोग्य वस्तु खरीदका लागि सहज भएको छ । पुर्वाधार विकास कार्यालय डडेल्धुराको ९७ लाख
रुपैयाँको लागतमा निर्माण भएको यस पुलको लम्वाई १७५ मिटर रहेको छ ।

Comments

comments