स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

Posted on: २५ मंसिर २०७६, बुधबार

काठमाडौं, मंसिर २५, १३ औं दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सम्मान कार्यक्रममा उक्त प्याकेजको घोषणा गर्नुभएको हो । त्यस्तै सरकारले रजत पदक जित्नेलाई ६ लाख र कास्य पदक जित्नेलाई ३ लाख दिने भएको छ ।
यस्ते दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले भने ११ लाख पाउने भएका छन् । गौरिका सिंह, आयाशा शाक्य लगायतका खेलाडीले ११ लाख रुपैयाँ पाउने भएका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकूद(साग प्रतियोगितामा नेपालले ५१ वटा स्वर्ण जितेको छ । त्यस्तै ६० वटा रजत र ९५ वटा कास्यसंगै कूल २०६ पदक नेपालले जितेको हो ।

Comments

comments