हावाहुरीका कारण क्षति व्यहोरेका पिडीतका लागि आपतकालीन कोष स्थापना गर्ने निर्णय

Posted on: २६ जेष्ठ २०७६, आईतवार

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हावाहुरीका कारण क्षति व्यहोरेका .स्थानीय बासिन्दालाई राहत उपलब्ध गराउन तथा पुनःस्थापनका कार्यक्रम अगाडि बढाउनका लागि आपतकालीन कोष स्थापना गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिको आकस्मिकरूपमा बसेको बैठकले एक करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको हो । कोष स्थापनाका लागि नगरपालिकाको समपूरक कोषमा रहेको रकममध्ये ७५ लाख रुपैयाँ आपतकालीन कोषमा राख्ने निर्णय गरिएको छ । विपद व्यवस्थापन समितिको कोषमा यसअघि छ लाख रुपैयाँ मात्रै रहेको थियो । कोषमा नगरपालिकाका ४९ जनप्रतिनिधिको एक महिना बराबरको सेवा सुविधाबापतको रकमसमेत जम्मा गर्ने निर्णय गरिएको नगरपालिका प्रमुख कर्णबहादुर हमालले बताउनुभयो । कोषमा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरले एक महिना बराबरको तलब जम्मा गर्ने घोषणा गर्नुभएको छ । विपदमा परेकाको उद्धार, उपचार तथा पुनःस्थापनाका कार्यमा नगरपालिकाले कार्य अगाडि बढाइसकेको र नगरवासी सबैमा हावाहुरीपीडित परिवारको सहयोगमा जुट्नसमेत जनप्रतिनिधिले आग्रह गरेका छन् ।

Comments

comments