हावाहुरीका कारण ५० लाख भन्दा बढीको क्षति

Posted on: ३१ बैशाख २०७६, मंगलवार

संखुवासभामा बर्षासँगै आएको हावाहुरीका कारण ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

हावाहुरीले धर्मदेवी नगरपालिकाका १२ घर भत्काएको छ । २ घर भने पूर्ण क्षती भएको छ ।  धर्मदेवी–३ तामाफोकका ओम जिमी, मछेम जिमी, कविन जिमी, योगेन्द्र जिमी र सूर्यमान जिमीको घर पूर्णरुपमा क्षति भएका छन् भने अन्य ६ घरमा आंशिक क्षति भएको नगरप्रमुख रमेश जिमीले जानकारी दिनु भयो । आइतबार साँझ आएको हावाहुरीले गाईवस्तु बाँध्ने टहरासमेत भत्काइदिएको छ । हावाहुरीसँगै आएको असिना पानीले धर्मदेवी नगरपालिका क्षेत्रमा अलैंची र तरकाली बालीमा ठूलो क्षति र्पुयाएको नगरपालिकाले जनाएको छ ।

 

 

Comments

comments