१२औ सुदुरपश्चिम स्तरीय औद्योगीक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु

Posted on: १८ फाल्गुन २०७५, शनिबार

कृषि पर्यटन र उर्जामा विकास, समृद्ध सुदुर पश्चिम प्रदेशको आधार” भन्ने मुल नाराका कञ्चनपुरको महेन्द्रनगरमा १२औ सुदुरपश्चिम स्तरीय औद्योगीक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुर उद्योगवाणीज्य संघको आयोजनामा शुक्रबारबाट सुरु भएको महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापती शेर वहादुर देउवाले उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात सभापति देउवाले सुदुर पश्चिम विकास को सम्भावना वोकेको प्रदेश भएको बताउदै विकास नचाहने प्रवृती ले सुदुरपश्चिमलाई पछाडी पारिएको उल्लेख गर्नुभयो । आफ्नो क्षेत्रको विकासमा आफैं जुट्नुपर्नेमा पनि सभापति देउवाले जोड दिनुभयो । महोत्समा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, कृषि प्रदर्शनी, गार्मेन्ट उत्पादन, सुचना प्रविधी, स्वास्थ्य शिक्षा, सास्कृतिक कार्यक्रममा नेपाल तथा भारतका कुमाउनी कलाकारको समेत प्रदर्शनी रहने तथा पर्यटकीय क्षेत्रका साथै विभिन्न खानाका परीकार र वाल उद्यानको समेत व्यवस्था गरीएको छ । महोत्सव फागुन २६ गते सम्म सन्चालन हुनेछ ।

Comments

comments