१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पुरा

Posted on: १२ मंसिर २०७६, बिहीबार

मंसिर १२, सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताउनु भएको हो । त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे सागको भव्य समुद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने मन्त्री विश्वकर्माले जानकारी दिनुभयो । समुद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने समेत उहाँले बताउनुभयो ।

साग समुद्घाटनमा कलाकारहरुले नेपाली कला संस्कृति झल्कने खालका प्रस्तुतिहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभयो ।

Comments

comments