२०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ह्वात्तै बढ्यो

Posted on: ४ बैशाख २०७६, बुधबार

सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३ सय प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या वृद्धि भएको डब्लुएचओको भनाई छ ।

‘विश्वभरबाट संकलित प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३ सय प्रतिशतले बढेको हो । यस वर्ष विश्वका १ सय ७० देशबाट संकलित तथ्यांकमा एक लाख १२ हजार १ सय ६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १ सय ६३ देशको तथ्याङ्कमा २८ हजार १ सय २४ जनामा दादुरा देखिएको थियो ।

हावाबाट संक्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरु उठ्ने गर्दछ ।

Comments

comments