२४ औँ वन्यजन्तु सप्ताहः आज दोस्रो दिन विभिन्न कार्यक्रम आयोजना

Posted on: २ बैशाख २०७६, सोमबार

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २४ औँ वन्यजन्तु सप्ताहको दोस्रो दिन पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ । विभागले सोमवार इन्टर स्कुल फज कोलाज मेकिङ कम्पिटिसिनको आयोजना गरेको हो ।

सोमवार जावलाखेलस्थित चिडियाखानामा उपत्यकास्तरिय विद्यालयका विद्यार्थीहरुबिच प्रतियोगिता आयोजना गरिएको विभागले जनाएको छ । विद्यार्थीहरुमा वन्यजन्तु संरक्षण सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । उपसचिव श्रेष्ठले सप्ताहअन्र्तगत मंगलवार माइतीघर मण्डलामा विद्यार्थीद्वारा चित्रकला प्रतियोगिता आयोजना गरिने पनि जानकारी दिनुभयो ।

विभागले यस वर्ष ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य भन्ने मूल नाराका साथ आइतवारबाट २४औँ वन्यजन्तु सप्ताह मनाइरहेको छ ।  वन्यजन्तुको संरक्षण र व्यवस्थापन बारे जानकारी दिन यस्ता किसिमका प्रतियोगिता आवश्यक रहेको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।  विभागले हरेक वर्षझैँ यस वर्ष पनि वन्यजन्तु संरक्षणका लागि ‘वन्यजन्तु सप्ताह मनाउन लागिएको जनाएको छ ।

Comments

comments