३९ बर्षपछि सडक निर्माण

Posted on: २६ पुष २०७५, बिहीबार

डोटीको सहजपुर बीपी नगर बोगटान दिपायल सडकको स्तरोन्नती हुने भएको छ । आगामी दोसो्र साताबाट निमार्ण सुरु हुने भएको हो । सहजपुर बोगटान सडकको टेन्डर ठेक्का सम्झौता भइ सर्बेक्षणको कार्य सम्पन्न भइसकेको छ । २ अर्ब २५ करोडको लागतमा टेन्डर भइ सडक निर्माणको जिम्मा कुमार जेबी कम्पनी महेन्द्रनगरले पाएको छ ।सडकको ५० किलोमिटर कालो पत्रे र डबल कटिङ सगंसगै सुरु हुने छ । २ हजार ३७ सालमा केन्दी्रय सडक बोर्डमा परेको सडक बिभिन्न राजनीतिक घटनाक्रमका कारण निर्माण हुन सेकेको थिएन् । ३९ बर्षपछि सडक निर्माण हुन लागेपछि बोगटान क्षेत्रका स्थानीय हर्षित बनेका छन् ।

Comments

comments