भारतीय एयरपोर्टमा नेपालीहरुलाई उड्न बाट रोक

Posted on: १७ मंसिर २०७६, मंगलवार

काठमाडौँ, मंसिर १७, भारतीय एयरपोर्टमा नेपालीहरु लाइ भारत को अध्यागमन कर्मचारीहरुले प्लेन चढ्न बाट रोक्दै आएका छन् । लाखौँ नेपाली यात्रुहरु यात्राका क्रममा बिचल्ली मा पर्दै र पैसाको नाश हुँदा पनि, भारत र नेपाल को नेतृत्वले नेपाली यात्रीहरुलाई भारत बाट न उड्न सूचना पनि निकालेको छैन । यस्तो गैर जिम्मेदारी र लापरवाही ले गर्दा आज पनि कुनै न कुनै नेपालीलाइ भारतीय एयरपोर्टबाट फिर्ता पठाइदैछ ।

हुन त नेपाली जनता मा लोकप्रियता पाउन, चुनाव जित्न वा राष्ट्रवादी को पदवी पाउनका लागि भारत र भारतीयतालाई भरपूर गाली गरेर श्रापे पुग्ने रहेछ तर भारत मा नेपालीहरु भारतीयहरु बाट ठगिने , लुटिने र अनावश्यक दुख पाउने गरेको कुरा पनि उत्तिकै सत्य हो । जसको कुनै सुनुवाई र क्षतिपूर्ति हुन् सकिरहेको देखिदैन । नेपालीहरु रोजी रोटी को लागि भारत जानु परेको होस् , किनमेल , औषधि उपचार या नाता गोता मा जाँदा किन न होस् सीमा पार हुना साथ रिक्सा , जीप , बस ,ट्रेन ,पसले , होटेल , रेस्टुरेन्ट ,अस्पताल , क्लिनिक जो सुकैले “ शिकार “ पाएका हुन्छन र मनपरी पैसा असुल्छन , ठग्छन र जबर्जस्ती पैसा खोस्छन गाली र अमर्या्िदत व्यवहार गर्छन । तर देख्ने कसैले पनि केहि बोल्दैनन् । यी कुराहरु तत्काल नेपाल प्रहरी, नेपाली दूतावास , र नेपाल भारत सीमा अधिकारी हरुको नियमित संयुक्त बैठकमा पटक पटक पेश हुन्छन तर कहिले पनि सकारात्मक नतीजा आएको कुरा सार्वजनिक भएको छैन । यस्ता पीडा पाई रहनु नेपालीको नीयति भै सकेको छ ।

भारतीय अध्यागमन कर्मचारीहरुले माग्छन नेपालीको पासपोर्ट मा भारतीय विसा र इन्ट्री
नेपाली हरु भारत को बाटो बाट, खास गरेर नया दिल्ली बाट विदेश को हवाई यात्रा गर्दा भाडा मा निकै अन्तर पर्ने हुनाले सस्तो र सुलभ यात्रा को लागि तथा मध्य देखि पश्चिम नेपालका नेपाली हरुका लागि दिल्ली निकै छोटो र कम खर्च मा पुगिने हुनाले पैसा र समय को बचत को लागि दिल्ली एयरपोर्ट नेपालि को रोजाइमा पर्ने गर्दछ । तर अब दिल्ली को एयरपोर्टको अध्यागमनले नेपाली पासपोर्टधारीलाई अमेरिका, युरोपका देशहरु र अस्ट्रेलिया समेत जानलाई ’ प्रस्थान’ आज्ञा दिने डेस्क मा ’’नेपाल बाट भारत मा प्रवेश गरेको वीजा“ छाप “ देखाउनुस भन्छ । यात्री यो प्रश्न सुनेर अक्मकिन्छ, चकित पर्छ र पछि कर्मचारी लाइ नेपाल भारत को खुल्ला सीमा र स्वतन्त्र आवागमन बारे थाहा नहोला भन्ने ठानी यस बारेमा कुरा बुझाउन खोज्छ । ऐयर्लाइन्सका अफिसरले पनि कुरा प्रस्टयाउन कोशिस गर्छन तर इमिग्रेशन का कर्मचारीले “ स्टाम्प “ बाहेक अरु शब्द न सुन्न चाहन्छन र न त बोल्न नै चाहन्छन ।

यात्रीले नेपाली दूतावास को नोटिसबोर्डमा टासिएको खाडीका नौ वटा देश जान परेमा दूतावास को सिफारिस ( नो अब्जेक्सन् सर्टि्िफकेट ) चाहिने भन्ने सूचना को फोटो र नेपाल बाट सोझै दिल्ली जाने अन्तरराष्ट्रिय यात्रा का बस या सीमा क्षेत्र बाट दिल्ल्ली जाने बस या ट्रेन को टिकेट पेश गर्दा पनि उसले वापस नेपाल गएर काठमाडौँ बाट अध्यागमन को स्टाम्प लगाएर प्लेन चढेर दिल्ली ऐरपोर्ट आए पछि बल्ल विचार हुनेछ भन्छन र प्रस्थान आज्ञा दिन हाकिम कारिन्दा सब ले इन्कार गर्ने गरेका छन् ।
यात्री माल सामान र बालबच्चा पनि छन भने सबलाई बोक्दै दूतावास पुग्छ , दुखेसो सुनाउछ , दूतावास त्यस्ता घटना सुन्दै आएको आजिज र निरुपाय रहेछ । त्यहाँ बाट कुनै एक थोक पत्र लेखेर दिन्छ अनि यात्री इन्टर्नेशनल टिकट को लागि दौडन्छ, कति दिन पछिको टिकेट पाइन्छ ? टिकट को अन्तर रकम कति तिर्नु पर्दछ , अर्को उडान सम्म के खाएर कहाँ बस्ने ? गन्तव्य देश को डोमेस्टिक ले पहिलेको टिकेट मा नमिलाई दिएमा फेरी कहाँ बाट रकमको जोहो गर्ने हो ? अचानक अप्रत्यासित समस्या को चांग लाग्न पुग्छ । समय र धन को सत्यानाश । ’चोक्टा खान गएकी बुढी झोल मा डुबी ’ भन्ने उखान चरितार्थ हुने गरेको छ । अझ रमाइलो त के भने दूतावास को सिफारिस पत्र लिएर दोश्रो पटक गए पछी इमिग्रशन ले त्यो पत्र प्रायः हेर्दै हेर्दैन , जानुस भनि हाल्छ ।

बोरडर मा न त हुन्छ इन्ट्री न त लगाइञ्छ विसा
नेपाल र भारत को बीच को मधुर सम्बन्ध र सन्धि सम्झौता अनुसार पनि कुनै वीसा पासपोर्ट को जरुरत पर्दैन र इन्ट्री को प्रावधान छैन । तसर्थ यस्तो अवस्था मा पासपोर्ट मा छाप लगाएको हुनु पर्ने भन्ने अत्तो थाप्नु दुख दिने बाहेक अरु के हुन् सक्छ ?

नेपाल बाट भारत मा कहिले प्रवेश गरेको भन्ने ऐरपोर्ट को अध्यागमन को प्रश्न को उत्तर मा ,नेपाल बाट सोझै दिल्ली जाने नेपालि नम्बर को बस को टिकेट या सीमा क्षेत्र बाट दिल्ली जाने बस या ट्रेन को टिकेट दिदा पनि न मान्ने रहेछन । प्रश्न राख्ने तर उत्तर न मान्ने कस्तो अचम्म । यात्री ले ऐयेर टिकेट , बस को टिकेट , विदेश को वीजा , दूतावास को सूचना को फोटोकपी , दूतावास को छुट्टै पत्र , समेत का कागज मा पहिलो पटक मा नै ’’ प्रस्थान आज्ञा’’ पायो भने धन्यवाद भन्नुपर्ने अवस्था रहेछ ।
दिल्ली ऐयेरपोर्ट मा अध्यागमन ले नेपाली को हक मा कुनै नियम कानून को पालन नहुने , आफ्नो मन ले काम गर्ने रहेछन । प्रस्थान आज्ञा न पाएको यात्री को अकारणमा धन र समय को नाश हुन्छ ।

Comments

comments

Related Other News