प्याज किलोकै १३५ रुपैयाँ

Posted on: १३ आश्विन २०७६, सोमबार

१३ असोज, काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ । कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार एकै दिनमा ३० रुपैयाँ मूल्य बढेको छ । सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रुपैयाँ (औसतमा) पुगेको छ । जुन अघिल्लो दिन आइतबार मात्र १०५ रुपैयाँ मात्र थियो ।पछिल्लो दुई दिनमा अरु तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन तर प्याजमा भने एकै दिनमा ३० रुपैयाँसम्म मूल्य बढेको छ ।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको साझो असर नेपाली बजारमा परेको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो। कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार दैनिक औसत ८० टन प्याज भारतबाट आयात हुँदै आएको थियो । सोमबार भने २० टन मात्र आएको छ ।

Comments

comments