नवरात्रीको छैटौं दिन कात्यायनी भगवतीकोे पूजा गरीदैँ

Posted on: १७ आश्विन २०७६, शुक्रबार

१७ असोज , काठमाडौँ । बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनीकोे पूजाआजा गरीदैँछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरीन्छ । आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो ।

दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको छ । आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

Comments

comments