नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्दै

Posted on: १५ आश्विन २०७६, बुधबार

नेपाल टेलिकमको महत्वकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।कम्पनीको व्यवसायको अधिकतम हिस्सा थ्रीजीले ओगटेको सन्दर्भमा विस्तार परियोजनासँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमले ठूलो फड्को मार्ने छ ।

Comments

comments