बडादशैँको टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १० बजेर २३ मिनेटमा उत्तम

Posted on: १७ आश्विन २०७६, शुक्रबार

१७ असोज, काठमाडौँ । बडादशैँको टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १० बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएकोे साइतलाई गुठी संस्थान काठमाडौँ जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ ।

महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै सर्वसाधारणको दर्शनका लागि खुला हुने व्यवस्था गरिएको छ । हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् ।

पशुपतिस्थित राजराजेश्वरीमा लगाइएको होमको प्रसाद पनि भक्तजनले लगाउन पाउनेछन् । काठमाडौँको दक्षिणकाली, कङ्केश्वरी, शोभा भगवती, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती लगायत सबै शक्तिपीठमा भक्तजनको सुविधाका लागि स्थानीय व्यवस्थापन समितिलाई क्रियाशील गरिएको छ ।

Comments

comments