आजदेखि लामो दूरीको सवारीसाधन सञ्चालनमा रोक

Posted on: १० चैत्र २०७६, सोमबार

चैत १०, काठमाडौँ । सरकारले आजदेखि लामो दूरीको यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गर्नुभएको हो । आजदेखि अन्तरजिल्ला अर्थात एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । केही दिनका लागि यो नियम लागू भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम बढेको र यसले त्रास पनि निम्त्याएको भन्दै सरकारले सार्वजनिक यातायातमा केही दिनका लागि रोक लगाएको हो ।

 

Comments

comments