कांग्रेसको अवरोधका कारण तेस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

Posted on: २६ माघ २०७६, आईतवार

काठमाडौँ, माघ २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक तेस्रो दिनपनि अवरोध गरेको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाएको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरोध गरेका थिए । सांसदहरुले उभिएर अवरोध गरेपछि सभामुखले बस्न आग्रह गर्नुभएको थियो । सांसदको आग्रहसँगै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले बोल्न खोज्दापनि सभामुखले माइक खोल्नुभएन् । सभामुख सापकोटाले आइतबार समेत गरी तीन पटक सम्म बैठक अवरुद्ध भएको बताउँदै बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सुचारु गर्न सहयोग गर्न कांग्रेसलाई आग्रह गर्नुभएको थियो । संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै उहाँले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने बताउनुभएको थियो । बारम्बार अनुरोध गर्दा पनि कांग्रेसले अवरोध नहटाएपछि सभामुख सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुभएकोे हो ।

Comments

comments