काठमाडौंमा मास्कको चरम अभाव

Posted on: २७ माघ २०७६, सोमबार

काठमाडौँ , माघ २७ । नेपाल सरकारले कोरोना भाइरस पीडित चीनलाई एक लाख थान मास्क सहयोग पश्चात अहिले काठमाडौंमा मास्कको अभाव भएको छ । बजारमा मास्क सकिएको भन्दै व्यापारीले साधारण मूल्यभन्दा ८ देखि १० गुणा बढी मूल्य बढि लिन थालेका छन् । अर्को संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू ‘कोरोनाभाइरस’को प्रकोप साम्य बनाउने उद्देश्यले खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएको छ र चीनको मुख्य भूमिमै ८ सय जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसबाट ३७ हजार भन्दा बढी मानिस संक्रमित छन् । दुई दर्जन अन्य देशमा कोरोनाप्रभावित व्यक्ति भेटिएका छन् । विशेषज्ञहरूका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन् । अष्ट्रेलियाली वैज्ञानिकहरू ६ महिनाभित्रमा कोरोनाभाइरसको खोप तयार गर्ने आशामा छन् ।

Comments

comments