कैलालीमा २ बजेपछि अनिश्चितकालीन कर्फ्यू

Posted on: १० चैत्र २०७६, सोमबार

चैत १०, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिनुभयो । कैलाली र कञ्चनपुरमा भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसलाई रोक्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Comments

comments