कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन डब्लूएचओको चेतावनी

Posted on: २६ माघ २०७६, आईतवार

काठमाडौँ, माघ २६ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ । सहि जानकारीबाट मात्र व्यक्ति आफू र अरुको सुरक्षा गर्ने भन्दै महानिर्देशक गेबेरियससले आफूहरु कोरोना भाइरस मात्र नभइ ट्रोल र षडयन्त्रका विरुद्धमा पनि लड्नुपरेको बताउनुभयो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र ८ सय ११ र चीन बाहिर २ जना जनाको ज्यान गइसकेको छ । विभिन्न २८ देशमा फैलिसकेको कोरोनाबाट ३४ हजार ८ सयमा संक्रमण भएको छ । अहिलेसम्म १५४० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका बीबीसीले जनाएको छ । कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्सको कारण ज्यान गुमाउनेको संख्या भन्दा धेरै भएको छ । सार्सका कारण ७७४ जनाले ज्यान गुमाएका थिए ।

Comments

comments