चीनमा कोरोनाको संक्रमणबाट ५ सय ६० जनाको मृत्यु, २८ हजारभन्दा बढी संक्रमित

Posted on: २४ माघ २०७६, शुक्रबार

काठमाडौँ,माघ २४। चीनको वुहान प्रान्तको हुवे क्षेत्रबाट फैलिएको नोवल कोराना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ६० पुगेको छ भने भाइरसबाट २८ हजारभन्दा बढी प्रभावित भएका छन् । चीनमा कोरोना भाइसबारे चेतावनी दिने एक चिकित्सकको पनि मृत्यु भएको छ । यता नेपालले कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तबाट १८० जना नेपालीहरू उद्धारको पर्खाइमा रहेका बेला सरकारले उनीहरूलाई ’क्वारेन्टाइन गर्ने चार स्थानको टुङ्गो लगाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र,इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट,सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र भक्तपुरस्थित खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थानमा क्वारेन्टाइनस्थल व्यवस्थित गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । यस्तै चीनमा रहेका आफन्तको तत्काल उद्धारको माग गर्दै अभिभावकहरु बिहीबार स्वास्थ्य मन्त्रालय पुगेका थिए ।

Comments

comments