जर्मनीमा आजबाट दुईजना भन्दा बढी भेला हुन नपाइने

Posted on: १० चैत्र २०७६, सोमबार

चैत १०, काठमाडौँ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाउने नियम लागू गरिएको छ । जर्मन सरकारले आजदेखि लागू हुने गरेको नियम अनुसार सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला हुन पाउने छैनन् । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसलहरु यसअघि नै बन्द भइसकेका छन् भने सैलुन, ब्युटिपार्लर र मसाज स्टुडियो पनि आजदेखि बन्द भएका छन् । यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले टेलिभिजनमार्फत सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्न सबैलाई नियम पालना गर्न आग्रह गर्नुभएको छ ।

Comments

comments