ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ चालक कारबाहीमा

Posted on: २६ माघ २०७६, आईतवार

काठमाडौँ, माघ २६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको जनाएको छ । महाशाखाले आइतबार पार्किङ गर्ने, सवारी मोडने, ढोका खुल्ला राख्ने, एकर्तफी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालना नगर्ने लगायतका सवारीचालकहरुलाई कारबाही गरिएको जनाएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीम प्रसाद ढकालले पुष १ गतेदखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका विषयमा शिक्षा दिएको समेत बताउनुभयो । उहाँले ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत पैदलयात्री, मोटरसाइकल चालक, निजी सवारी चालक,सार्वजनिक सवारी चालक र सहचालक, तथा विभिन्न संघ संस्थाका सवारीचालक, विद्यार्थी र सरकारी सवारीचालकलाई सचेतना गराइएको बताउनुभयो ।

Comments

comments