दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउने

Posted on: १० चैत्र २०७६, सोमबार

चैत १०, काठमाडौँ । नेपालले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दक्षिण कोरियाले नेपालमा रहेका आफ्ना नागरिक लान खालि विमान पठाउँदै छ । सोही विमानमार्फत आज बेलुका ७ बजे कोरियाका नागरिकलाई लाने सूचना आएको क्षेत्रीले जानकारी दिनुभयो । नेपालस्थित दक्षिण कोरियाली दूतावास स्रोतका अनुसार नेपालमा रहेका करिब ९ सय जना कोरियाली नागरिकलाई हरेक हप्ता एउटा विमानमार्फत कोरिया लगिने छ । नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पनि कोरियाका नागरिक लानका लागि दक्षिण कोरियालाई एउटा विमान उडानको अनुमति दिइएको छ ।

Comments

comments