दर्शकहरुको मन जित्दैँ गायक कृष्ण समीप सुवेदीको चल न माया चल

Posted on: ३० फाल्गुन २०७६, शुक्रबार

काठमाडौँ, फिरिरी पात उडेर पर्यो पोखरीमा तिम्रो माया कहाँ पर्यो दिलको टोकरीमा ,चल न माया चल…… गायक कृष्ण समीप सुवेदीले सात बर्षपछि आफ्नै प्रस्तुतीमा गीत सार्वजनिक गरेको छोटो समयमै हिट भयको छ । ‘चलन माया चल’ बोलको गीत भिडियो सहित बजारमा सार्बजानिक भएको हो ।

सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको गीत बिस्तारै रेडियो, टिभी, पिंकनिक, दोहोरी साँझ तथा सार्वजनिक सवारी साधन लगायत विविध ठाउँमा अत्याधिक बज्न थालेको छ । कृष्ण समीप सुवेदीको नयाँ युट्युब च्यानल बाट अपलोड गरिएको भिडियो अहिले सम्पुर्ण दर्शक स्रोताहरुको निक्कै नै मनजित्न सफल भएको छ । दर्शक स्रोताहरुको सकारात्मक प्रतिक्रियाले कृष्ण समीप भन्नुहुन्छ गीत क्वालिटिमा विशेष ध्यान पुर्याउन सक्यो भने गीत अन्तत राम्रो बन्नुका साथै सबैको मनमा बस्न सफल रहन्छ । चल न माया चल मा नेपाली टिकटक प्रयोग कर्ता मात्र हैन भारतीय बजारमा पनि भाइरल भएको छ । भारतीय मोडल दिब्याले समेत टिकटक बनाइदियपछी भारतमा अन्यले पनि अत्याधिक बनाउन थालेका छन ।

गीतमा हरेक चोटि केही न केही नयाँ प्रयोग गर्न रुचाउने कृष्ण समीप बताउनु हुन्छ । गीत को सँगीत संयोजन, निर्माण तथा शब्दमा केही नयाँ र लोक पन झल्काउदै त्यसमा आधुनिकता थप्न खप्पिस कृष्ण समीप चल न माया चलमा थेगोको शैलीमा रिपिटेसन को रुलमा बस्नुभएको छ त्यस कारणले पनि गीत निकै मीठो बनेको छ । यसअघि ‘सिर सिर बतास, मेरो कल्पनामा आउने मान्छे तिमी, मनको तिर्खा मेट्न, माझी दाईको जिन्दगी’ तरकारी काउली, सुन्तालाको बोट, देउराली, मेरा आखामा, जस्ता निकै रमाईला मिठास पुर्ण आधुनिक, पप, लोक तथा दोहोरी गीतहरु स्वर भरिसक्नुभएका सुवेदीले यसपटक लामो समयपछि पुन सँगीतमा फर्किदा फरक गीत लिएर आएको बताउनुभयो । गीतमा सुदुर पश्चिमी शैली देउडालाई प्रयोग गरिएको र सोही प्रयोग अत्याधिक रुचाईएको छ । यस गीतमा हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।

गायक कृष्ण समीप चर्चित कार्यक्रम प्रस्तोता समेत हुनुहुन्छ उहाँले चलाउने इमेज एफ.एम को उकाली ओराली र इनसाइड स्टोरी लोकप्रिय कार्यक्रम हुन । जुरेलीले गुडै लायो ऐसेलुको झाङमा अब तिम्ले लैजाउ मलाई पार्बतीको पाङ्गमा चल न माया चल ….भन्दै गाउँको गरिमा अनि पार्वती को जन्म भएको विषय पनि गितमा समेट्दै उहाँले गाउँ घरको झल्को दिलाउदैँ गाउँ सम्झीनु सम्झीनु भएको छ ।

शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । सङ्गीत संयोजन आशिष अबिरलको रहेको गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा अभिनय रमाई रहेका छन टिकटकमा चर्चित सुन्दर एस.डि.एस. ‘लास्ट किङ्ग’ र जुना सुन्दास । भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।

भिडियो

 

Comments

comments